प्यालेस्टाइन राष्ट्रपतिलाई अमेरिकाले दिएन भिसा, राष्ट्रसंघमा भर्चुअल सम्बोधन गर्ने
baahrakhari.com · Fri Sep 18 11:01:13 GMT 2026

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई अर्को साताबाट अमेरिकाको न्युयोर्कमा सुरु हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उनले महासभालाई भिडियोमार्फत सम्बोधन गर्ने भएका छन् ।
अमेरिकाले अब्बासलाई न्युयोर्क आउन भिसा दिन अस्वीकार गरेपछि संयुक्त राष्ट्रसंघले उनलाई अर्को साता हुने उच्चस्तरीय बैठकमा भिडियो लिंकमार्फत सम्बोधन गर्न अनुमति दिएको हो । यससम्बन्धी प्रस्तावमा भएको मतदानमा भारी बहुमतले प्रस्ताव पारित भएको थियो । प्रस्तावको पक्षमा १५२ मत परेको थियो भने अमेरिका, इजरायल र पराग्वेले विपक्षमा मतदान गरेका थिए । चार देश मतदानबाट अलग रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)