मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कारागारमै बसेर एसईई परीक्षा

rajdhanidaily.com · Thu Mar 20 23:10:40 GMT 2025

मकवानपुर । विद्यार्थी जीवनको शिक्षाको आधार भनेर परिभाषित गरिदै आएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष मकवानपुरबाट ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले सहभागीता जनाएका छन् ।

विभिन्न कसुरमा जेल जीवन भोगिरहेका ६ जनाले मकवानपुरको भिमफेदीमा रहेको क्षेत्रीय कारागारबाट परीक्षा दिएका छन् । भीमफेदीबाट ६ जना कैदीबन्दीले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका हुन् । उनीहरुले परीक्षको पहिलो दिन बिहीबारबाट सुरु हुने एसईई परीक्षामा भीमफेदी कारागारमै बसेर परीक्षा दिए । सवारी ज्यान, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदी एसईई परीक्षामा सहभागी भएको कारागारका जेलर तिर्थराज पौडेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)