मलेसियाका पूर्वप्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
ratopati.com · Fri Sep 18 11:14:32 GMT 2026

मलेसिया । मलेसियाको रणनीतिक विकास कम्पनी वन–एमडीबी भ्रष्टाचार काण्डमा संलग्न भएका कारण जेल परेका मलेसियाका पूर्व नेता नाजिब रजाकलाई एक करोड १२ लाख डलर जरिवाना तिरी घरमा नै नजरबन्दमा बस्न अनुमति दिइएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन् । माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरमै नजरबन्दमा बिताउन’ अनुमति दिन्छ’ प्रधानमन्त्री अन्वर इब्राहिमको कार्यालयका वकिलहरूले भनेका छन्- ‘यो सशर्त माफी ‘पाँच करोड मलेसियाली रिङ्गित (एक करोड २० लाख ३० हजार डलर) जरिवाना भुक्तानीको शर्तमा’ दिइएको छ’ वकिलहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)