स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ प्रशासक र उनकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा
kendrabindu.com · Fri Sep 18 11:10:45 GMT 2026

काठमाडौं । स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा सापकोटाले काठमाडौंलगायत प्रमुख सहरमा महँगा जग्गा खरिद गरी घर निर्माण गरेको, सवारीसाधन खरिद गरेको तथा आम्दानीको तुलनामा अस्वाभाविक जीवनशैली बिताएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)