जापानका निम्ति नेपाली राजदूतमा सिफारिस थापा को हुन् ?
baahrakhari.com · Fri Sep 18 11:18:24 GMT 2026

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वमहासचिव जिग्यानकुमार थापालाई जापानको लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापाको नाम जापानको लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।
थापाले नेपाल–जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समय समर्पित गरेका छन् । योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)