प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रभु साहले किन गरे बहिष्कार ?
rajdhanidaily.com · Thu Mar 20 23:13:08 GMT 2025

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको टिप्पणी गर्दै उनले कार्यक्रम बहिष्कार गर्दै संसद बैठकबाट बाहिरिएका हुन् ।
आजपा अध्यक्ष तथा सांसद समेत रहेका साहले यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीबाट नआएको भन्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको जिकिर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)