बलिउडका चर्चित निर्माता पहलाज निहलानीको निधन
kendrabindu.com · Thu Jun 04 11:26:51 GMT 2026

काठमाडाैं । बलिउड फिल्म उद्योगका निर्माता तथा भारतीय केन्द्रीय चलचित्र प्रमाणन बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीको ७६ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि बिरामी थिए र कलेजोसम्बन्धी समस्याबाट पीडित थिए ।
उनी विगत चार महिनादेखि लिभर सिरोसिस रोगबाट पीडित थिए र मुम्बईको नानावटी अस्पतालमा उपचाररत थिए। बिहीबार बिहान उनको निधन भएको परिवारले पुष्टि गरेको छ। अन्तिम संस्कार मुम्बईको सान्ताक्रुज हिन्दु श्मशान घाटमा सम्पन्न गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)