'अन्तै भए पनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्यान्सलाई डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
lokaantar.com

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान शुरू गरेको छ ।
विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान शुरू गरिएको हो । यस अभियानअन्तर्गत विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तको इसेवा खातामा सोझै रेमिट्यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्यान्सको सही उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)