प्रसाद खाएर बेखबर रहेका वीरबहादुर जलेको अवस्थामा मृत भेटिए
annapurnapost.com · Fri Sep 18 11:17:35 GMT 2026

सिमराः बाराको अमलेखगञ्जमा शुक्रबार दिउँसो एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ।जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित दुई नम्बर पुल नजिक ४७ वर्षीय वीरबहादुर स्याङ्तानको शव जलेको अवस्थामा फेला परेको हो ।
बिहीबार बिहानदेखि बेखबर रहेका स्याङ्तानको खोजी गर्ने क्रममा स्थानीयले जलेको अवस्थामा शव भेटेका हुन् । शव फेला परेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)