उद्योग समितिद्वारा खानी अनुमति प्रक्रियाका रोकिएका फाइल पेश गर्न निर्देशन
nepalnews.com · Fri Sep 18 11:25:54 GMT 2026

काठमाडौं। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी अनुमति प्रक्रियामा भएको ढिलाइ फाइलको वास्तविक संख्या, रोकिएको अवधि र अघि बढ्न नसक्नुको कारणसहितको तथ्याङ्क समितिमा पेस गर्न खानी तथा भूगर्भ विभागलाई निर्देशन दिएको छ।
समितिको आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलपछि समितिका सभापति रहबर अन्सारीले अन्वेषणपछि उत्खननमा जान नसकेका, उत्खननको अनुमति लिएर पनि उत्पादन गर्न नसकेका तथा खोजतलास र उत्खननका लागि आवेदन दिएका फाइलको अवस्थाबारे स्पष्ट विवरण उपलब्ध गराउन दिर्नेशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)