सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा
baahrakhari.com · Fri Sep 18 11:28:45 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफा एवं पुँजी समायोजन कोषबाट बैंकका साधारण सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकका अनुसार, बोनस सेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत गरी कुल २० प्रतिशतको लाभांश तथा अग्राधिकार सेयरधनीहरूलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)