मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङको ताल गाउँमा साइरन जडान

rajdhanidaily.com · Thu Mar 20 23:29:08 GMT 2025

लमजुङ । हिमाली जिल्ला मनाङको ताल गाउँमा दैवी विपदबाट गाउँलेलाई सचेत गराउँदै जनधनको क्षति हुन बाट बचाउनका लागि साइरन जडान गरिएको छ । खासगरी बाढी र पैह्रोका कारण हुने जनधनको क्षति हुन नदिने उद्देश्यले सो कार्य मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसीएस) ले २६ लाख रुपैयाँको लागतमा गरेको हो ।

लमजुङसँग सीमा जोडिएको मनाङ जिल्लाको प्रवेश नाकाका रुपमा परिचित नसों गाउपालिका – १ को ताल गाउँमा साइरन जडान जडान गरिएको हो । सो कार्यका लागि २६ लाख रुपैयाँ खर्च भएको (एचडिसीएस) का मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले बताइन् । उनका अनुसार दुई वर्ष अघि मनाङमा आएको बाढीका कारणले गर्दा ताल गाउँका आधाभन्दा बढी घर बगाएको र त्यहाँका बासिन्दाहरू विस्थापित भएको र केही घरहरू डुबानमा परेको स्थितिलाई ध्यानमा राखेर जनधनको क्षति हुनबाट बचाउनका लागि साइरन जडानको कार्य गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)