उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट
nepalsamaya.com · Fri Sep 18 11:30:35 GMT 2026

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरले शिष्टाचार भेटवार्ता गरेका छन्।
शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, नेपाली आप्रवासी कामदार, आर्थिक सहयोग तथा नेपालमा हालै आएको विनाशकारी बाढीलगायत विषयमा छलफल भएको थियो।भेटमा उपराष्ट्रपति यादवले सन् १९७७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताए। उनले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषिलगायत क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी तथा सहयोगको अपेक्षा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)