विपद्बाट प्रभावित किसानलाई कृषि बीमामा ८० प्रतिशतसम्म अनुदान : मन्त्री चौधरी
onlinekhabar.com · Fri Sep 18 11:35:06 GMT 2026

२ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा हुने क्षतिको राहत व्यवस्थापन प्रदेश सरकारमार्फत गरिँदै आएको बताएकी छिन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसद रुक्मिणी कोइरालाले जलवायु परिवर्तन, बाढीपहिरो, खडेरी, असिना, अतिवृष्टिलगायतका विपद्बाट प्रभावित किसानको संरक्षण, शीघ्र राहत तथा क्षतिपूर्ति र कृषि बीमाको पहुँच विस्तारका लागि सरकारले गरेको नीति, कार्यक्रम र बजेटबारे प्रश्न गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)