नवीन सोचसहित स्वदेशमै रोजगारी सिर्जना गर्न जेन–जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह
canadanepal.com · Fri Sep 18 11:38:25 GMT 2026

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले जेन–जी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन–जी उमेर समूहका सांसदहरूसँग आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै युवापुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आग्रह गरेका हुन्। उनले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)