बेत्रावतीमा बेलिब्रिज निर्माण कार्य सुरु
annapurnapost.com · Fri Sep 18 11:28:29 GMT 2026

नुवाकोट : रसुवाको बेत्रावतीमा बेलिब्रिज निर्माणको कार्य सुरु गरिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बेत्रावतीमा रहेका २ वटा पुल गाएपछि आवतजावत ठप्प रहेको छ।
बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय नुवाकोटले फाउण्डेसन निर्माणको कार्य थालेको छ। आगामी तीन साताभित्र बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज निर्माणको कार्य सम्पन्न हुनेछ। सडक डिभिजनले फाउण्डेसन निर्माण कार्य सकेपछि नेपाली सेनाको प्राविधिक टोलीले बेलिब्रिज जडानको काम गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)