सुदूरपश्चिममा बजेट ल्याउन किन ढिला भइरहेको छ ?
ratopati.com · Fri Sep 18 11:45:00 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेट अझै ल्याउन सकेको छैन । नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा पनि प्रदेश सरकारले कहिले बजेट ल्याउँछ भन्ने प्रस्ट हुन सकेको छैन ।
साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका खगराज भट्टले भदौ मसान्तभित्रै बजेट ल्याउने बताउँदै आएका थिए । तर असोज लाग्दासमेत बजेट पुनर्लेखनको काम टुङ्गिएको छैन । अहिले मन्त्रालयगत बजेट तथा योजनाको अवस्था अध्ययन गर्ने र आवश्यकताका आधारमा बजेट पुनर्लेखन भइरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)