वाग्मती प्रदेशमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् शपथ
baahrakhari.com · Fri Sep 18 11:44:42 GMT 2026

हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की प्रदेशसभा सदस्य रमा आलेमगर वाग्मती प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी छन् । उनलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आलेमगरले शुक्रबार नै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनी यसअघि तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट शालिकराम जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकारमा युवा तथा खेलकुदमन्त्री बनेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)