थाहा अभियन्ता रुपचन्द्र विष्टप्रति श्रद्धाञ्जली
ratopati.com
रुपचन्द्र विष्ट स्मारक समिति नेपालले थाहा अभियन्ता रुपचन्द्र विष्टप्रति सम्पूर्ण जनमुखी सहकर्मीहरूको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको छ । विष्टको २२ औं स्मृति दिवसको अवसरमा स्मारक समितिका अध्यक्ष रामनारायण बिडारीले एक सार्वजनिक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।
अध्यक्ष बिडारीले कोभिड रोगका कारण जारी निषेधाज्ञाका कारण कुनै सार्वजनिक कार्यक्रम गर्न सम्भव नभएको जनाउँदै सबैको तर्फबाट श्रद्धाञ्जली दिइएको बताएका छन् । विष्ट थाहा दर्शनका व्याख्याता मात्र नभई नेपालको राजनीतिक क्षेत्रमा विलक्षण प्रतिभा र असाधारण व्यक्तित्वको रुपमा स्थापित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)