चालु आवको पहिलो महिनामा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो
ratopati.com · Fri Sep 18 11:49:36 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भई २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २९.९ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ। यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब २९ अर्ब ९८ करोड कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)