म्याद गुज्रेका खाद्य सामग्री भेटिएपछि पसल नै सिल
annapurnapost.com · Fri Sep 18 11:41:16 GMT 2026

दोलखा : दोलखा सदरमुकाम चरिकोटमा गरिएको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेपछि एक पसल नै बन्द गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोख्रेलको नेतृत्वमा बिहीबार गरिएको अनुगमनका क्रममा चरिकोटस्थित स्नेहा स्टोर्समा ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको हो। म्याद नाघिसकेका सामग्री बिक्रीका लागि राखिएको पाइएपछि प्रशासनले पसल बन्द गराएको जनाएको छ। पशुपति मन्दिरडाँडादेखि सातदोबाटो चोकसम्म गरिएको अनुगमनमा प्रशासनसहित विभिन्न सरकारी निकायका प्रतिनिधि सहभागी थिए। टोलीले खाद्य सामग्री तथा ग्यास डिलरहरूमा पुगेर वस्तुको म्याद, गुणस्तर, मूल्य, भण्डारणको अवस्था र उपभोक्ता हितसँग सम्बन्धित विषय निरीक्षण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)