संस्कृति जोगाउने पहाडको भैरव नाच तराईमा
gorkhapatraonline.com · Fri Sep 18 11:47:55 GMT 2026

सिद्धार्थनगर ,असोज २ गते । नेवाः समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भैरव नाच प्रदर्शन गरेको छ । नेवा संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले समाजको अगुवाइमा बिहीबार साँझ बुटवल–देवीनगरमा सांस्कृतिक भैरव नाच प्रदर्शन गरिएको हो ।
‘नेवा संस्कार संस्कृति हाम्रो शान, तपाईं–हामी मिली बचाऔँ राष्ट्रको पहिचान’ भन्ने नारासहित स्थापित नेवाः समाजले नेवा समुदायका मौलिक संस्कार, संस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै आएको छ । सोही अभियानअन्तर्गत भैरव नाच प्रदर्शन गरिएको समाजले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)