फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु
khabarhub.com · Fri Sep 18 11:52:24 GMT 2026

मनिला- दक्षिणी फिलिपिन्सको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् ।
मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तस्थित बङ्ग नेशनल हाई स्कुलमा गोली चलेको जानकारी पाएपछि स्थानीय उद्धारकर्मी घटनास्थल पुगेका थिए । व्यवस्थापन निकायका कर्मचारी रिजाली डेडेललका अनुसार घटनास्थलमा एक पुरुष र एक महिलाको मृत्यु भएको थियो । दुवै जना कक्षा ९ का विद्यार्थी रहेको एएफपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)