नासाका चन्द्रमा योजनामा असर पर्ने चिन्ता, ब्लु ओरिजिनको पुनर्निर्माण २०२८ सम्म लम्बिन सक्ने
ratopati.com · Tue Jun 02 17:17:44 GMT 2026

काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रशासकले निजी अन्तरिक्ष कम्पनी ‘ब्लु ओरिजिन’ को हालै विस्फोटबाट क्षतिग्रस्त भएको प्रक्षेपण स्थल (लन्चप्याड) सन् २०२८ सम्म पूर्ण रूपमा पुनः स्थापित नहुन सक्ने बताएका छन् । यस घटनाले कम्पनीका आगामी अन्तरिक्ष अभियानहरू मात्र होइन, नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको तालिकामै असर पार्न सक्ने चिन्ता बढाएको छ ।
गत बिहीबार राति अमेरिकी पूर्वी समयअनुसार करिब ९ बजे फ्लोरिडास्थित केप क्यानाभेरल अन्तरिक्ष बल केन्द्रको प्रक्षेपण परिसर–३६ मा ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेटको इन्जिन परीक्षणका क्रममा शक्तिशाली विस्फोट भएको थियो । परीक्षण उडानअघि गरिने स्थिर इन्जिन परीक्षण (हट–फायर परीक्षण) चलिरहेको बेला भएको उक्त विस्फोटले प्रक्षेपण स्थलमा ठुलो क्षति पुर्याएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)