सिन्धुपाल्चोकमा कांग्रेसले दियो प्रशिक्षण
ratopati.com · Sat Jan 04 17:46:00 GMT 2025

सिन्धुपाल्चोक । भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखा प्रमुख दोर्जे लामाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिइएको जानकारी दिए ।
करिब १०० जना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री तथा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य बलदेव तिमिल्सनाले प्रशिक्षण दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)