एक महिनामै व्यापार घाटा करिब डेढ खर्ब, निर्यात ६१.७ प्रतिशतले वृद्धि
ratopati.com · Fri Sep 18 11:59:04 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा २.५ प्रतिशतले बढेको थियो ।
समिक्षा महिनामा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड पुगेको छ । भारततर्फ ७१.० प्रतिशत र चीनतर्फ २८७.८ प्रतिशतले निर्यात बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । खासगरी भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, जुटका सामान र पार्टिकल बोर्डको निर्यात बढेको छ भने आयुर्वेदिक औषधि, जडीबुटी, प्रशोधित छाला र नेपाली कागजको निर्यात घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)