यी हुन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
kendrabindu.com · Fri Sep 18 11:58:14 GMT 2026

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिस भएका नामलाई संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णयसमेत गरेको छ।
सरकारले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा र बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणालाई सिफारिस गरेको छ। त्यस्तै जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)