मुद्रास्फीति २१ महिनाकै उच्चः घ्यूतेलको मूल्य सर्वाधिक बढ्यो, सबैभन्दा बढी महँगी मधेशमा
clickmandu.com · Fri Sep 18 11:57:32 GMT 2026

काठमाडौं । २०८३ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । महँगीको यो दर पछिल्लो २१ महिनाकै उच्च हो । यसअघि २०८१ मंसिरमा मुद्रास्फिति ६.०५ प्रतिशत थियो । त्यसयता घटेर १.११ प्रतिशतसम्म झरेको मुद्रास्फीति इजरायल–इरान युद्धदेखि बढ्न थालेको हो ।