विदेशी मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब, १८ महिनाको आयात धान्ने
baahrakhari.com · Fri Sep 18 11:57:49 GMT 2026

काठमाडौं । विदेशी मुद्रा सञ्चिति ३९ खर्बमाथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको वित्तीय अवस्थामा वैदेशिक मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको उल्लेख गरेको हो ।
असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई साउनमा ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)