बार्सिलोनाविरुद्ध रियलको बदला
nayapatrikadaily.com · Tue Jan 16 00:33:00 GMT 2024
रियल म्याड्रिड छिमेकी क्लब चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई ४–१ ले हराउँदै स्पेनिस सुपर लिगको उपाधि जितेको छ । साउदी अरेबियामा आइतबार भएको फाइनलमा म्याड्रिडलाई उपाधि दिलाउने क्रममा चारै गोल ब्राजिलियन स्ट्राइकरले गरेका हुन् । युवा स्ट्राइकर भिनिसियस जुनियरले ह्याट्रिक र रोड्रिगोले थप एक गोल गरे । म्याड्रिडको १३औँ सुपर कपको उपाधि हात पारे । गत वर्षको फाइनलमा बार्सिलोनाले म्याड्रिडलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । म्याड्रिडले गत संस्करणको बदला लिएको छ ।
‘हामीले फाइनल जित्न चाहेका थियौँ,’ म्याड्रिडका प्रशिक्षक कार्लोे एन्सोलोटीले भने, ‘हामी यो जितका लागि योग्य थियौँ, खेलाडीले धेरै राम्रो खेलेका थिए ।’ बार्सिलोना र म्याड्रिडबीचको सुपर कप फाइनल साउदी अरेबियाको प्रो लिग क्लब अल नासेरको घरेलु मैदानमा भएको थियो । ह्याट्रिककर्ता भिनिसियसले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई आइडियल मान्छन् । रोनाल्डो गत सिजनमा अल नासेरसँग अनुबन्धन भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)