मैथिली विकास कोषको सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
ratopati.com · Tue Jun 18 08:13:00 UTC 2024

धनुषा । जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार जनकपुरधाम–८ मा रहेका विहारकुण्डको पश्चिमपट्टि भवन निर्माण पूरा हुने क्रममा छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामको संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण सुरु गरिएको थियो । अध्यक्ष चौधरीले भने, “भवनमा सङ्ग्रहालय स्थापना भएपछि यो पर्यटकहरुका लागि पनि गन्तव्य बन्नेमा विश्वास लिएका छौँ ।”
मधेस प्रदेश सरकारको रु सात करोड लगानीमा निर्माण भएको चारतले भवनमा सङ्ग्रहालय, तीन सयजना अटाउने सभाहल तथा नाटक घर, पुस्तकालय, स्टुडियोसहितका सुविधा रहनेछन् । जनकपुरधामको सीताकुण्डको जग्गा भाडामा लिएर भवन निर्माण गरिएको हो ।
संग्राहलय
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)