खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले
ratopati.com · Sat Jan 04 18:42:00 GMT 2025

गोरखा । गोरखामा आगलागीबाट तीन घर जलेका छन् । आरुघाट गाउँपालिका-१ मान्वुस्थित स्याम्चेतमा राति स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
आगलागीबाट पूर्णबहादुरसहित उनका छोरा बुद्धिमान लामा र आइतसिंह लामाको घर पूर्ण रूपमा जलेको सुवेदीले बताए । आगोले तीनवटै घरभित्र रहेका सबै लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)