२२ लाख धरौटी नबुझाएपछि किस्पाङ गाउँपालिका अध्यक्ष कारागार चलान
kendrabindu.com · Fri Sep 18 12:01:23 GMT 2026

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा कारागार चलान भएका छन्। उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)