४१ दिनसम्म पनि इन्टरनेट मर्मत नगरेको भन्दै क्लासिक टेकविरुद्ध मुद्दा दायर, १० लाख क्षतिपूर्ति माग
techpana.com · Tue Jun 02 17:15:44 GMT 2026

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले लामो समयसम्म सेवा अवरुद्ध गर्दा पनि मर्मत नगरेको र उपभोक्तालाई मानसिक सास्ती दिएको भन्दै अदालतमा मुद्दा दायर भएको छ । काठमाडौँ महानगरपालिका निवासी सन्तोष पौडेलले मंगलबार उपभोक्ता अदालतमा क्लासिक टेकविरुद्ध १० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै फिरादपत्र दर्ता गरेका हुन् ।
गत अप्रिल २२, २०२६ देखि ४१ दिनसम्म पटक-पटक ताकेता गर्दा पनि इन्टरनेट सेवा सुचारु नगरेको र उल्टै अपमानजनक व्यवहार गरेको दाबी फिरादपत्रमा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)