किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ जेल चलान
baahrakhari.com · Fri Sep 18 12:05:53 GMT 2026

काठमाडौं । बैकिङ कसुरको मुद्दा चलाइएका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ जेल चलान भएका छन् । धरौटी रकम नबुझाएपछि तामाङलाई शुक्रबार कारागार चलान गरिएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेश अनुरुप तामाङलाई उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । उनलाई अदालतले बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो । धरौटी नबुझाएका कारण पछि उनी कारागार चलान भएको हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)