रेमिट्यान्ससँगै आयात र महँगी बढ्दा यस्तो देखियो अर्थतन्त्रको तस्वीर : बाह्य क्षेत्र सहज, आन्तरिक सुस्त
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनमा नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचक बलियो देखिए पनि आन्तरिक आर्थिक गतिविधिमा कर्जा विस्तारको गति सुस्त रहेको देखिएको छ । साउनमा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको छ भने विदेशी मुद्रा सञ्चिति १.२ प्रतिशतले वृद्धि भएर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर स्थिति पनि ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा छ ।
तर बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा भने एक महिनामा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले मात्र बढेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ०.३ प्रतिशत अर्थात् २० अर्ब ७१ करोड रुपैयाँले घटेको छ। यसबीच वार्षिक विन्दुगत आधारमा कर्जा ७ प्रतिशत र निक्षेप १४.५ प्रतिशतले बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)