विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त, को हुन् उनी ?
clickmandu.com · Fri Sep 18 12:12:19 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई आगामी ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।
ऊर्जा क्षेत्रमा २८ वर्षभन्दा लामो अनुभव सँगालेका श्रेष्ठले सन् १९९७ को नोभेम्बरमा भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा इन्जिनियर (सिस्टम अपरेटर) का रूपमा प्राधिकरणमा सेवा प्रवेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)