मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुलुकसुहाउँदो उद्योगधन्दाको प्रवर्द्धन

ekantipur.com · Wed Oct 11 00:26:58 GMT 2023

नरबहादुर थापाको ‘संरचनागत सुधारको पर्खाइमा अर्थतन्त्र’ विषयक लेख दयनीय आर्थिक सुधारको विषयसँग सम्बन्धित छ । उद्योग सञ्चालनमा उच्च लागत एवं पहिलेदेखि चलिरहेको प्रक्रियागत झन्झटका कारण लगानीकर्ताको आकर्षण घटेको सन्दर्भ यथार्थपरक छ । वस्तुतः नेपालमा उद्योगमैत्री वातावरण बन्न नसक्दा स्वदेशी, विदेशी लगानीकर्ताले जोखिम मोल्न खोजेका छैनन् ।

विप्रेषण, शोधनान्तर र विदेशी विनिमय सञ्चितिबाहेक घरेलु अर्थतन्त्रको कुनै पनि सूचक सुखद देखिँदैन । राजस्व घट्दो क्रममा हुनु, बैंक कर्जा सन्तोषजनक नहुनु, ऐनहरू लगानीकर्ता अनुकूल बन्न नसक्नुले नै उद्योग विस्तार हुन नसक्नुको मुख्य समस्या हो । लेखकले वित्तीय संस्थाहरूको संख्या ह्वात्तै घट्दा कारोबारमा समस्या थपिएको छ । कर्मचारीले लामो समयसम्म तनावमा काम गर्नुपरेको छ । कानुनहरू उद्योगमैत्री नभएको तर्क पटक–पटक उठे पनि समस्या यथावत् छ । लघुवित्त र बचत तथा ऋण सहकारीहरूमा देखिएका समस्या यथावत् छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)