निक्षेप सङ्कलनमा सामान्य गिरावट, कर्जा प्रवाह ०.४ प्रतिशतले बढ्यो
ratopati.com · Fri Sep 18 12:17:08 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ०.३ प्रतिशतले घटेको छ । पहिलो महिना २० अर्ब ७१ करोडले घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । तर, वार्षिक बिन्दुगत आधारमा भने निक्षेप १४.५ प्रतिशतले बढेको छ ।
यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.४ प्रतिशत २३ अर्ब ५८ करोडले बढेर ५० खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । वार्षिक बिन्दुगत आधारमा कर्जा विस्तार ७।० प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)