मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक महिना नपुग्दै सिँचाइ विभागका महानिर्देशक हटाइए, नयाँ महानिर्देशकमा दिनेश रजौरिया

clickmandu.com · Fri Sep 18 12:19:31 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठलाई पदबाट हटाएको छ । विभागमा नयाँ महानिर्देशकका रूपमा दिनेश रजौरियालाई जिम्मेवारी दिइएको छ।

गत साउन १३ गते श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएको थियो । नियुक्त भएको एक महिना पनि नपुग्दै श्रेष्ठलाई पदबाट हटाइएको हो । सन्तोषजनक कार्यसम्पादन नभएको र हालै उठेको विवादित प्रकरणमा कैफियत देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको ऊर्जा मन्त्रालय स्रोत बताउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)