पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
swasthyakhabar.com · Fri Sep 18 12:18:42 GMT 2026

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन दशौं तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सापकोटाले सार्वजनिक सेवामा रहँदा पदीय हैसियतको दुरुपयोग गरी आफ्नो वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानबाट देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)