मनास्लु आधार शिविरमा १० युवाको आमरण अनशन
gorkhapatraonline.com · Fri Sep 18 12:24:54 GMT 2026

सुलीकोट ( गोरखा ), असोज २ गते । जलवायु परिवर्तनका कारण हिमतालमा बढ्दै गएको जोखिम न्यूनीकरण तथा हिमताल संरक्षणको माग गर्दै गोरखाको चुमनुब्री गाउँपालिका – १ सामागाउँका १० युवाहरुले आमरण अनशन सुरु गरेका छन् ।
युवाहरुले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने माग राख्दै शुक्रबार दिउँसो ३:२० बजे बेस क्याम्पमा आमरण अनशन सुरु गरेका हुन् । युवाहरुले आफ्ना मागसहितको ८ बुँदे ध्यानाकर्षणपत्र गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रभावले हिमतालहरु जोखिममा रहेकाले सम्पुर्ण हिमाली बासिन्दाहरु र तल्लो भेगमा बसोबास गर्ने आम नागरिकको जीवन रक्षाको लागि स्थानिय युवा धावा नुर्व लामा सहित १० जना युवा आमरण अनशन बसेका चुमनुब्री गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)