विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त, काे हुन् उनी ?
aarthiknews.com

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनले १३ मे २०२६ देखि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनै श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सन् १९९७ नोभेम्बरमा प्राधिकरणको सेवामा प्रवेश गरेका श्रेष्ठसँग विद्युत क्षेत्रमा २८ वर्षभन्दा बढीको कार्यअनुभव छ । कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)