बज्जिका भाषा संरक्षण र संवर्द्धनमा जोड
barnanmedia.com · Sat Jan 04 22:22:39 GMT 2025

भारतको विहारस्थित वैशालीमा बोलीचालीमा रहेको बज्जिका भाषाको संरक्षण तथा संवर्द्धनमा जोड दिइएको छ ।
सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरको संयोजनमा अम्रपाली कला साहित्य समाजले शनिबार यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा सरोकारवालाले यसको संरक्षणबाट उन्नत समाज निर्माणमा टेवा पुग्ने बताए । सो अवसरमा अन्तर्राष्ट्रिय भाषाविज्ञ डा सरिता बुधुले नेपालसँग भाषा र सांस्कृतिक सम्बन्ध अटुट रहेको औँल्याउँदै भाषाको लडाइँ अस्तित्वसँग जोडिएको बताउनुभयो । भाषालाई संरक्षण तथा संवर्द्धन गर्न स्थानीय जागरुक हुनुपर्नेमा जोड दिँदै उहाँले यसलाई संवैधानिकरूपमा सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)