चालु आवको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत
ratopati.com · Fri Sep 18 12:29:11 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । महँगीको यो दर पछिल्लो २१ महिनाकै उच्च देखिएको छ । २०८१ मङ्सिरमा मुद्रास्फीति ६.०५ प्रतिशत थियो । त्यसयता घटेर १.११ प्रतिशतसम्म झरेको थियो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्र रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष खाद्य समूहको मूल्यवृद्धि २.२८ प्रतिशतले ऋणात्मक थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)