इसेवाको ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु
nepalviews.com · Fri Sep 18 12:26:14 GMT 2026

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशबाट पठाइएको रेमिट्यान्स सिधै नेपालमा रहेका परिवारका सदस्यको इसेवा वालेटमा प्राप्त गरी दैनिक भुक्तानीमा प्रयोग गर्न सकिने सन्देशसहित ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ।
अभियानले विदेशमा रहेका नेपाली र स्वदेशमा रहेका उनीहरूका परिवारबीच आर्थिक सम्बन्धलाई थप सहज बनाउने उद्देश्य राखेको इसेवाले जनाएको छ। साथै, औपचारिक माध्यमबाट रेमिट्यान्स प्राप्त गर्ने र दैनिक आर्थिक कारोबारमा डिजिटल भुक्तानी प्रयोग गर्ने फाइदाबारे जनचेतना फैलाउने लक्ष्य पनि अभियानको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)