शिख धर्मावलम्बीले गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाउँदै
deshsanchar.com · Sat Jan 04 23:13:31 GMT 2025

काठमाडौँ- गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन् ।
प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बनेका हुन् । गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिएका थिए। उनी निकै शान्त स्वभावको व्यक्तित्व थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)