उपचार खर्च तिर्न नसक्दा 'डिस्चार्ज'पछि पनि अस्पतालमै रोकिइन् तीलकुमारी
baahrakhari.com · Fri Sep 18 12:33:34 GMT 2026

काठमाडौं । आमालाई काभ्रेको धुलिखेल घरमा लैजाने तयारी पूरा भइसकेको थियो । अस्पताल भर्ना हुँदा लगाइएका कपडा फेरिइसकेको थियो । बिरामीका आफन्तलाई पनि अस्पतालको बेडबाट उठाएर घर लैजाने हतारो थियो । तर, घर फर्किने त्यो तयारी ‘अस्पतालको बिल’ले रोकिदियो ।
गत भदौ २६ गते ८१ वर्षीया तीलकुमारी गौतमलाई छातीमा समस्या आयो । छाती दुखाइ कम नभएपछि तीलकुमारीकी छोरा ५६ वर्षीय नवराज गौतमले धुलिखेल अस्पताल ल्याए । पाँच दिन आईसीयू र दुई दिन वार्डमा राखेर उपचार भयो । आमा तग्रिंइन् । अस्पतालले डिस्चार्ज लेखिदियो । तर, उनको घर जाने बाटो भने त्यही रोकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)