मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अफ्रिकन स्वाइन फिभरले गण्डकीमा ५० करोडको क्षति

ekantipur.com · Tue Feb 13 01:01:57 GMT 2024

पोखरा — गण्डकी प्रदेशमा अफ्रिकन स्वाइन फिभर देखिएको २१ महिनामा ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । ०७९ जेठ २ देखि हालसम्म १६ हजार ५ सय ५४ वटा बंगुर मर्दा प्रत्यक्ष रूपमा उक्त रकम बराबरको क्षति पुगेको गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांक छ ।

क्षति कास्कीमा बढी छ । कास्कीमा मात्रै १५ हजार ३ सय ९९ बंगुर मरेको तथ्यांक छ । उक्त संख्या कुल क्षतिको ९३ प्रतिशत हो । गत वर्ष जेठमा बंगुरमा लाग्ने संक्रामक रोग गण्डकीमा भित्रिँदा धेरै क्षति पुगेको थियो । यस वर्ष मंसिरमा पुनः उक्त रोग प्रदेशभित्र देखापरेको छ । मंसिरयता कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४, गोरखामा १३ गरी कुल १ सय १२ बंगुर मरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)