अभिनेता शर्मालाई हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत सम्मान प्रदान
ratopati.com · Fri Sep 18 12:38:18 GMT 2026

काठमाडौँ । ख्यातिप्राप्त रङ्गकर्मी तथा अभिनेता हरिहर शर्मा, गायक सञ्जय श्रेष्ठ र पत्रकार वीरेन्द्र जैरी एकसाथ सम्मानित भएका छन् । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा रेडियो नेपालका प्रथम गायक तथा विशिष्ट रङ्गकर्मी एवं अभिनेता स्व.हरिप्रसाद रिमालको १०२औँ जन्म जयन्तीमा शुक्रबार आयोजित एक विशेष समारोहमा कला, सङ्गीत र सञ्चार क्षेत्रका व्यक्तित्वलाई एकसाथ सम्मान गरिएको हो ।
राजधानीको मध्य वानेश्वरस्थित रिमालकै निवासमा अर्ध कदको प्रतिमा अनावरण गर्दै सुरु गरिएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठी, संस्थापक संरक्षक कल्याणी रिमाल, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल लगायतले लयप्रसाद मैनालीद्वारा निर्मित प्रतिमा अनावरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)